Odapalika - The Fourth Estate - चौथो अंग
कहाँ गयो ४ बैंकमार्फत सञ्चय कोषमा राखेकाे स्थानीय तहका कर्मचारीकाे पैसा ?

काठमाडौँ । कर्मचारी संचय कोषले गाउँपालिका र नगरपालिकाले विभिन्न ४ वटा बैँकमा सञ्चय कोषका लागि जम्मा गरेको रकमको फाँटवारी नपाएको भन्दै स्थानीय तहलाई पत्राचार गरेको छ । 

कोषले स्थानीय तहका तर्फबाट कृषि विकास बैँक, नेपाल बैँक, राष्ट्रिय बाणिज्य बैँक र एभरेष्ट बैँकमा गत साउनयता सञ्चयकोषका खातामा जम्मा भएको रकम कसको हो भनेर जानकारी गराउन भनेको हो । 

गत साउनदेखि रकम जम्मा भएको तर गाउँपालिका र नगरपालिकाले खर्चको फाँटवारी नपठाउँदा कर्मचारी(योगदानकर्ता)को खातामा रकम पठाउन समस्या भएको भन्दै ती रकम कहाँ र कसको नाममा गएको हो भन्ने जानकारी गराउन पत्राचार गरेको छ । 

कोषले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत आज पत्राचार गर्दै योगदानकर्ताको रकम जम्मा भएको देखिएपनि कसको नाममा जम्मा भएको भन्ने नखुलेका कारण योगदानकर्ताको विवरण खुलाएर पठाइदिन भनेको हो । 

स्थानीय तहले सञ्चय कोष वापतको एकमुष्ठ रकम पठाएका कारण कसका नाममा र कति रकम योगदानवापत जम्मा गर्ने भन्ने अन्योल भएकाले ४ वटा बैँकमा जम्मा भएको रकम योगदानकर्ताको खातामा जान सकेको छैन । 

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update