Odapalika - The Fourth Estate - चौथो अंग
राष्ट्रियसभा अध्यक्ष, २ राज्यमन्त्रीसहित २० सांसदको पदावधि आजबाट सकिदै 

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, राष्ट्रियसभाबाट सरकारमा रहेका २ जना राज्यमन्त्रीसहित २० जना सांसदको पदावधि आज मध्यरातबाट सकिदै छ । 

पहिलोपटक भएको गोलाप्रथाबाट ६ वर्षे कार्यकालको जिम्मेवारी पाएका २० सांसद आजबाट बिदाइ हुन लागेका हुन् । 

नेपाली कांग्रेसका अनिता देवकोटा, जितेन्द्रनारायण देव, प्रकाश पन्थ र रमेशजङ्ग रायमाझी को पदावधि सकिदै छ ।

एमालेका इन्दु कडरिया, दीपा गुरुङ, दिलकुमारी रावल, कुमार दसौँदी, नरपति लुवार, भैरव सुन्दर श्रेष्ठ र रामचन्द्र राई को पदावधि सकिदै छ । 

नेकपा माओवादी केन्द्रबाट विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी, जनता समाजवादी पार्टी (जसपा)का प्रमीला कुमारी, नेकपा (एकीकृत समाजवादी)का नन्दा चपाई र सिङ्गबहादुर विश्वकर्मा, स्वतन्त्र तर्फबाट निर्वाचित डा. खिमलाल देवकोटा को पदावधि सकिदैछ । 

पदावधि सकिन लागेका प्रमिला कुमारी शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री हुन् भने नन्दा चपाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री छन् । 

आज मध्यरातबाट पदावधि सकिने भएपनि उनीहरुको ठाउँमा  १९ सिटका लागि गत १४ माघमा निर्वाचन भएर नयाँ जनप्रतिनिधि आइसकेका छन् भने बाँक ि१ जना राष्ट्रपतिले नियुक्त गर्ने कोटाको पद रिक्त छ । 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update