Odapalika - The Fourth Estate - चौथो अंग
फुटपाथपछि कवाडी व्यवसायीमाथि काठमाडौँ महानगरको प्रहार, संकलन केन्द्रमा धमाधम डोजर  

काठमाडौँ । कवाडी व्यवसायीहरुले काठमाडौँ महानगरपालिकाको निर्णय र कदमविरद्ध आज काठमाडौँमा प्रदर्शन गरेका छन् । 

महानगरभित्रका कवाडी संकलन केन्द्रमा महानगरले डोजर चलाएपछि आक्रोशित कवाडी व्यवसायीहरुले महानगरको बागदरवारस्थित पुरानो कार्यालय अघि प्रदर्शन गरेका छन् । 

फोहोर उठाउनेलाई सम्मान गर, कवाडीमाथि डोजर चलाउन बन्द गरलगायतका प्लेकार्ड बोकेर उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । महानगरपालिका अन्तरगतको नगर प्रहरीले महानगरका विभिन्न क्षेत्रका १५ वटा कवाडी संकलन टहरामा डोजर चलाएपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन् । 

महानगरले आफ्नो क्षेत्रभित्र कवाडी संकलन केन्द्र राख्न नदिने भन्दै धमाधम यस्ता संकलन केन्द्र डोजर लगाएर हटाइरहेको छ । 

प्रकाशित मिति: आइतबार, फागुन २०, २०८०  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update