काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी गणतन्त्र गौरवद्धारा सम्मानित भएकी छन् ।
नेपाल कम्युनिष्ट पार्टी ७५ वर्ष पुगेको अवसरमा एमालेले आयोजना गरेको हीरक महोत्सवको अवसरमा एमालेले स्थापना गरेको सो सम्मान भण्डारीलाई प्रदान गरिएको हो ।
हिजो सम्पन्न एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकले एमालेका पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीलाई सम्मान गर्ने प्रस्ताव पारित गरेको थियो ।
लोकतान्त्रिक तथा कम्युनिष्ट आन्दोलनमा योगदान पु¥याएको, राष्ट्रिय स्वाभिमान रक्षाका लागि अडान लिएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषित योजनाअनुसार उनलाई सम्मान गरिएको हो ।
महोत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायत प्रमुख दलका नेताहरुको उपस्थिति छ ।





