कांग्रेसको मागमा अडिग रहने विपक्षी दलहरुको निर्णय
                        
                        
                                                
                                             
                                                                    काठमाडौँ । प्रतिनिधिसभामा विपक्ष दलहरुले कांग्रेसले उठाएको मागमा नै अडिग रहने निर्णय गरेको छ।
शुक्रबार नयाँ बानेश्वरमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा भएको बैठकमा संसदीय छानबिन समिति गठन हुनुपर्ने निष्कर्ष निकालिएको महामन्त्री गगन थापाले जानकारी दिए ।
त्यस्तै बैठकले सभामुखलाई हिजोको घटनाका सम्बन्धमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्रीमाथि रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानमा रहेको कांग्रेसले निरन्तर सदन अवरुद्ध गरिरहेको छ। हिजो सांसदबीच धकेलाकेलको अवस्था समेत बनेको थियो।
प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  १२:४२
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
                
            



 
                                         
                                         
                                         
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    