विश्वासको मत दिन बसेको संसद बैठक स्थगित 
                        
                        
                                                
                                             
                                                                    काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिनका लागि तय भएको प्रतिनिधिसभाको बैठक कांग्रेससहितका प्रतिपक्षी दलका अवरोधका कारण स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेले बैठक सुरु भएको घोषणा गरेलगत्तै कांग्रेसका सांसदहरु उठेपछि नियमित कार्यसुचीमा बैठक प्रवेश गर्न सकेन ।
कांग्रेसका सांसदहरुले वेल घेराउ गरेपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
प्रकाशित मिति: सोमबार, जेठ ७, २०८१  ११:४७
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
                
            



 
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    