स्थानीय तहले लगायो एकादशी र औँसीमा पशुपक्षी बध गर्न प्रतिबन्ध 

काठमाडौँ । पाल्पाको रामपुर नगरपालिकाले एकादशी र औँसीमा पशुपक्षी बध गर्न प्रतिबन्ध लगाएको छ ।  धार्मिक सहिष्णुता र सद्भाव कायम राख्न तथा स्वास्थ्यका हिसाबले पनि फाइदा हुने भएकाले कार्यपालिका बैठकको निर्णयअनुसार एकादशी र औँसीमा पशुपक्षी बध गर्न रोक लगाइएको सार्वजनिक सूचनामा उल्लेख छ । 

धार्मिक, सांस्कृतिक परम्पराअनुसार एकादशी र औशीको दिनमा पशुपंक्षी वध गर्न नहुने भनी मान्यता रहि आएकोमा उक्त दिन पशुपंक्षी वध गर्दा धार्मिक आस्थामा असर पुगेको भन्दै आएको जनगुनासोको आधारमा उक्त निणय गरेको प्रमुख प्रशासकीय अधिकत सूर्य दर्शन पण्डितले जानकारी दिए । 

यही भदौ १२ गते बसेको कार्यपालिका बैठकले आफ्नो क्षेत्रभित्र एकादशी र औँसीको दिनमा पशुपंक्षी वध गर्न गराउा रोक लगाउने निर्णय गरेको उनले जानकारी दिए । 

‘औँसी र एकादशीका दिनमा पशुपक्षी बध नगर्दा धार्मिक सहिष्णुता र सद्भाव पनि कायम हुने, धार्मिक आस्थामा कुनै असर नपर्ने र स्वास्थ्यको हिसाबले पनि फाइदाजनक हुने भएकाले उक्त दिनमा पशुपक्षी बध नगर्न÷नगराउन यो सूचना प्रकाशन गरिएको छ,’ सार्वजनिक सूचनामा पनि उल्लेख गरिएको छ । 

notice-1726222155.jpg
 


 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १५:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update