वायुसेवा संचालक संघ भन्छ– आशिका तामाङले भ्रम सिर्जना गरिन् 
                        
                        
                                                
                                             
                                                                    काठमाडौँ । नेपाल वायुसेवा संचालक संघले ‘सामाजिक अभियन्ता’ आशिका तामाङले नेपालको वायुसेवा नै बद्नाम गर्ने गरी भ्रम सिर्जना गरेको आरोप लगाएको छ ।
संघले आज एक विज्ञप्ति जारी गरी उनको नाम उल्लेख नगरी ‘कर्मचारीमाथि अभद्र व्यवहार तथा हुलहुज्जत भएको’ टिप्पणी पनि गरेको छ ।
आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङले केही दिन अघि श्री एयरलाइन्सको काउन्टरमा गएर बाढी पहिरोले सडकमार्ग बन्द भएको मौका छोपेर हवाइ सेवा संचालकहरुले बढी शुल्क लिएर अनैतिक कार्य गरेको भन्दै सामाजिक संजालहरुबाट लाइभ गरेकी थिइन् ।
संघले जारी गरेको विज्ञप्तिमा श्री एयर र आशिका तामाङको नाम भने उल्लेख छैन ।
प्रकाशित मिति: बुधबार, असोज १६, २०८१  १८:०७
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
                
            



 
                                         
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    