Odapalika - The Fourth Estate - चौथो अंग
हलेसी तुवाचुङ नगरपालिका : मुरी फलाउनेलाई ५०० पुरस्कार, बंगुर र बाख्रा पाल्नेलाई अनुदानको वर्षा 

काठमाडौँ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बाख्रा, बंगुरपालनमा अनुदान दिनेदेखि लिएर बदाम खेती गर्ने कृषकलाई पुरस्कार दिनेसम्मको कार्यक्रम ल्याएको छ । 

नगरपालिकाले सूचना जारी गदैृ पाँच मुरी भन्दा बढी बदाम फलाउने कृषकलाइृ प्रतिमुरी ५०० रुपैया पुरस्कार दिने घोषणा गरेको छ । 

खोटाङ बदामका लागि उर्बर मानिन्छ । कृषकहरु बदाम खेतीमा आकर्षित हुँदै गएपछि नगरपालिकाले यसमा टिकाइराख्न पुरस्कारको अवधारणा अघि सारेको नगरप्रमुख बिमला राई बताउँछिन् । 

नगरपाकिलाले बंगुर पाल्न चाहने कृषकहरुलाई समूहगत रुपमा प्रस्ताव लिएर आए ४० प्रतिशत अनुदान दिने र बाख्रा पकेट कार्यक्रममा समेत यो स्कीम लागु रहने जनाएको छ । 

कृषि क्षेत्रको व्यावसायिक विकासका लागि कृषि र पशुपालनमा अनुदान दिने संघीय, प्रदेश र स्थानीय सरकारको नीति र बजेट अनुसार अनुदानका विभिन्न कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको राईको भनाइ छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update