सहकारीको रकम ठगी आरोपमा पक्राउ परेका ढोरपाटनका मेयर नेपालीको बयान कास्कीमा सुरु 
                        
                        
                                                
                                            काठमाडौँ । सहकारीको रकम ठगीसम्बन्धमा पक्राउ परेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीको बयान लिन सुरु गरिएको छ ।
इमेज सहकारी ठगी प्रहरणमा बागलुङमा पुर्पक्षका लागि थुनामा रहेका उनीसँग पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा बयान लिन सुरु गरिएको हो ।
कास्कीको सरकारी वकिलको कार्यालयमा उनको बयान लिन सुरु गरिएको हो । उनी इमेज सहकारीका अध्यक्ष र सूर्यदर्शन सहकारीका पूर्व उपाध्यक्ष हुन् ।
गत असोज ११ गते भारतबाट पक्राउ परेका उनीमाथि इमेज सहकारीको दुई अर्बभन्दा धेरै हिनामिना गरेको आरोप छ । 
 
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १२:००
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
                
            



 
                                         
                                         
                                         
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    