 
                                                                    काठमाडौँ । ललितपुर महानगरपालिकाले राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचनामा डोजर चलाएको छ ।आइतबार ललितपुरको हरिहर भवनस्थित विकास बोर्डको अनधिकृत संरचना नगरप्रमुख सीताराम हाछेथुको नेतृत्वमा नगर प्रहरीले डोजर चलाएको हो ।
नगरप्रमुख हाछेथुले सहकारीले सरकारी बाटो मिचेर बिना नक्सा मापदण्ड विपरीत गएर संरचना बनाएको बताए । उनले सहकारीलाई ७ दिने सूचना निकालेर ध्यानाकर्षण गराउँदा पनि व्यवास्था नगरेको कारण आफूहरुले डोजर चलाएको उनको भनाई छ ।
उनले भने,‘यहाँ मापदण्ड विपरीत गएर संरचना बनाइएको थियो । यो मापदण्ड विपरीत छ भनेर पहिले नै निर्णय भइसकेको थियो । सहकारीले जनताको बाटो बढि मिचेर संरचना बनाएको छ । जनताको बाटो जनताले नै प्रयोग गर्न पाउनुपर्छ भन्ने हो । यहाँ मुद्दा परेपछि संरचना भत्काँउन अदालतले ललितपुर महानगरपालिकालाई निर्देशन दिएसँगै ललितपुर महानगरको निर्देशनमा भत्काँउन सुरु गरेका हौं । हामीले ७ दिनको समय पनि दिएका थियौं ।’
-1731221618.jpg)
-1731221617.jpg)
-1731221616.jpg)
-1731221614.jpg)
-1731221614.jpg)
-1731221613.jpg)
-1731221612.jpg)
-1731221611.jpg)
-1731221610.jpg)
-1731221608.jpg)
-1731221607.jpg)
-1731221606.jpg)
-1731221605.jpg)
-1731221604.jpg)
-1731221603.jpg)
-1731221603.jpg)
-1731221601.jpg)
-1731221601.jpg)
-1731221599.jpg)
-1731221599.jpg)
-1731221598.jpg)
-1731221597.jpg)
-1731221597.jpg)
 
 

 
                
            



 
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    