४० हजार धरौटीमा दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश
                        
                        
                                                
                                             
                                                                    काठमाडौं । जिल्ला अदालत काठमाडौँले साइबर अपराधको कसूरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
बिहीबार न्यायाधीश विष्णुप्रसाद अवस्थीको एकल इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह अफवाह फैलाएको आरोपमा पक्राउ परेका प्रसाईंविरुद्ध साइबर अपराधको अभियोग लगाइएको छ । 
 
प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १६:३३
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
                
            



 
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    