दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वाेच्चको आदेश 
                        
                        
                                                
                                             
                                                                    काठमाडौँ । सर्वाेच्च अदालतले प्रहरीको न्यायिक हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश दिएको छ ।
शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ गर्दै न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले प्रसाईंलाई रिहा गर्न आदेश दिएको हो ।
साइबर अपराधको कसुरमा पक्राउ परेका प्रसाईं ४० हजार धरौटीमा रिहा भएलगत्तै आपराधिक लाभ र संगठित अपराधको कसुरमा पक्राउ गरिएको थियो । यसविरुद्ध परेको बन्दी प्रत्यक्षीकरणको रिटमा शुक्रबार उक्त आदेश भएको हो ।
प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १७:४२
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
                
            



 
                                         
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    