रवि लामिछानेसहित ४ अभियुक्त अदालतमा, आज पनि बयान 
                        
                        
                                                
                                             
                                                                    कास्की । सहकारी ठगीसहित अभियोग लागेका पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित चार अभियुक्तलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा ४४ जनाविरुद्ध अभियोगपत्र दर्ता भएपछि सोमबारबाट थुनछेक बहस भएको हो । सोमबारबाट न्यायाधीश नीतिज राईको इजलासमा अभियुक्तहरुको बयान सुरू भएको छ ।
बयानका लागि मंगलबार रवि लामिछाने, छविलाल जोशी, लिला पछाई र रामबहादुर खनाललाई अदालत उपस्थित गराएको हो । तर, बयान भने छविलाल जोशीको मात्रै भइरहेको छ ।
याे पनि रवि लामिछाने जेल चलान हुन्छन् कि रिहा ? देशकै कान्छा न्यायाधीशले दिनेछन् आदेश
प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  १२:२६
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
                
            



 
                                         
                                         
                                         
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    