Odapalika - The Fourth Estate - चौथो अंग
मुक्तिनाथ म्युचुअल फण्ड–१ नेप्सेमा सूचीकृत

काठमाडौं । मुक्तिनाथ म्युचुअल फण्ड– १ को १० रूपैयाँ अंकित दरका १२ करोड ५० लाख इकाइ (१५ प्रतिशत बीउ पुँजीसहित) नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकरण भएको छ ।

मुक्तिनाथ विकास बैंक कोष प्रवर्द्धक तथा मुक्तिनाथ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने यो योजना सोमबा नेप्सेमा सूचीकृत भएको हो ।

यो योजना विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष रहेको छ ।

एक कार्यक्रमका बीच नेप्सेको तर्फबाट सञ्चालकरप्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्की र मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट सीईओ कविन्द्रध्वज जोशीले सूचीकरणसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  २२:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update