Odapalika - The Fourth Estate - चौथो अंग
नेपाल एसबिआई बैंकले दियो दोलखाको सुर्के माविका विद्यार्थीलाई झोला र शैक्षिक सामग्री

काठमाडौँ । नेपाल एसबिआई बैंकले दोलखा जिल्लाको भिमेश्वर नगरपालिका वडा नं ९ स्थित श्री सुर्के माध्यमिक विद्यालय भण्डारेमा अध्ययनरत विद्यार्थीलाई आर्थिक सहयोग गरेको छ ।  बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सो विद्यालयका सम्पुर्ण विद्यार्थीहरुका लागि स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको हो ।

बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले श्री सुर्के माध्यमिक विद्यालय भण्डारे समितिका अध्यक्ष र प्रधानाध्यापकलाई औपचारिक रुपमा उक्त सामाग्रीहरु हस्तान्तरण गरेका बैंकले जानकारी दिएको छ ।

सो कार्यक्रममा बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत (नियुक्त) राम कुमार तिवारी, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख जोखिम तथा अनुपालन अधिकृत विष्णुदेव यादव, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल र बैंक तथा स्कुल समितिका अन्य उच्च पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति रहेको थियो ।

बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ । हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैकिङ सेवा, १२२ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  २०:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update