Odapalika - The Fourth Estate - चौथो अंग
नाफिज सदस्यको सात लाखको दुर्घटना बीमा

काठमाडौँ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) का सदस्यहरुको साँढे १६ करोड रुपैयाँ बराबरको सामूहिक दुर्घटना बिमा भएको छ । 

नाफिजले आफ्ना दुई सय ३५ जना सदस्य तथा सल्लाहाकारको जनही ७ लाख रुपैयाँका दरले सामूहिक दुर्घटना बीमा गराएको हो । नाफिजले यो बीमा २ वटा कम्पनीसँग गराएको छ ।

नाफिजले दिएको जानकारी अनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्यारेन्स कम्पनीमा सदस्यको सामूहिक दुर्घटना बीमा गराएको हो ।

यो बीमाको कुल बिमाङ्क रकम १६ करोड ४५ लाख रहेको छ । सम्झौतामा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत चङ्की क्षेत्री, सिद्धार्थ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्रबहादुर वैदावर र नाफिजका अध्यक्ष मेनुका कार्कीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार नाफिजका हरेक सदस्यको प्रतिव्यक्ति ७ लाख रुपैयाँका दरले दुर्घटना बीमा भएको छ । 

नाफिजका अध्यक्ष कार्कीले हरेक दिन फिल्डमा खटिनुपर्ने पत्रकार विभिन्न खालका दुर्घटनाको जोखिममा हुने भएकाले त्यस्तो जोखिम बहन गर्न आफ्ना सदस्यको बीमा गराइएको बताइन् ।

सम्झौता कार्यक्रममा सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत क्षेत्रीले दुर्घटना बिमाले पत्रकारको सामाजिक सुरक्षाको सुनिश्चितामा सहयोग पुग्ने र विश्वसनीय सूचना प्रवाहमा थप योगदान पुग्ने विश्वास व्यक्त गरे । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत वैदावरले नाफिजले आफ्ना सदस्य पत्रकारहरुको बिमा गराएर पत्रकारहरुलाई फिल्डमा खटिन थप प्रोत्साहन गरेको बताए ।

प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  २१:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update