काठमाडौँ । क्यानडामा सवारी दुर्घटनाबाट एक नेपाली युवकको मृत्यु भएको छ । क्युबेक सिटीको सडकमा गाडी रोकेर बसेका ती युवकलाई पछाडीबाट आएको अर्काे गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट उनको घटनास्थलमै ज्यान गएको हो ।
स्थानीय समयअनुसार मंगलबार राती साढे १० बजे क्युबेक सिटीमा भएको उक्त दुर्घटनामा खोटाङ घर भएका युनेश गिरी मृत्यु भएको हो । क्यानडाको ब्राम्टनमा बस्दै आएका उनी घुम्न निस्किएका थिए ।
दाहसंस्कारका लागि उनको शव नेपाल ल्याउन तयारी भइरहेको छ । युनेश सन् २०२२ को जनवरी ११ मा अध्ययनका लागि क्यानडा पुगेका थिए ।
प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  ११:३५
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    





                    
                    