स्थानीय तहको सिफारिसमा परे पैसासँगै तालिम पनि पाइने, यसरी दिन सकिन्छ निवेदन

काठमाडौँ । पोखरा भ्याली टेक्निकल ट्रेनिङ इन्ष्टिच्युट प्रा.लि.ले निःशुल्क सिपमुलक तालिम दिने भएको छ । पोखरा भ्यालीले स्थानीय तहको सिफारिसको आधारमा सिकर्मी, सटरिङ, डकर्मी, पलम्बर, स्टिल फिक्र्चर, इलोेक्ट्रोनिक तथा मोबाइल मर्मत तथा  बेसिक र एड्भान्स इलेक्ट्रिकल तालिम निःशुल्क दिन लागेको हो । 

स्वदेशीमा उद्यमी, रोजगारीका साथै वैदेशीक रोजगारमा जान चाहने युवाहरुलाई लक्षित गरी निःशुल्क तालिमको व्यवस्था गरेको पोखरा भ्यालीले जनाएको छ । 

तालीम सहभागी दर्ता आउँदो माघ २० गतेभित्रमा गरिसक्नुपर्ने छ भने तालिम सञ्चालन आउँदो फागुन ४ गतेदेखि हुनेछ । 

तालिमका लागि आवश्यक कागजपत्रहरु

१. नेपाली नागरिक्ता प्रतिलिपि–१

२. पासपोट साईजको फोटा–२ 

३. शैक्षिक प्रमाणपत्रको प्रतिलिपी–१ 

४. अभिभावक मन्जुरी नामा र सम्झौता पत्र–१, 

५. धरौटी रकम फिर्ता हुने गरी रु ५००० मात्र 

तालिममा सुविधाहरु

१. तालिम पूर्ण रुपमा निःशुल्क 

२. खाना तथा बस्न निःशुल्क व्यवस्था

३. प्रत्येक महिना रु १००० निर्वाह भत्ता पाउने 

४. आउने र जाने बस भाडा (एक पटक) को व्यवस्था

a2cb24fe-7f22-4f0c-9694-c703b9e25d92-1736404295.jpg
 

 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update