Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौं महानगरपालिकाद्वारा खाद्य स्वच्छताका लागि २ हजार ६९ व्यवसायीलाई तालिम प्रदान 

काठमाडौं- काठमाडौं महानगरपालिकाले अहिलेसम्म २ हजार ६९ जना व्यावसायीलाई खाद्य सेवाको स्वच्छता र सरसफाइ सम्बन्धी तालिम प्रदान गरेको छ । ‘स्वच्छ भान्छा’ स्वर्णिम योजना, खाद्य स्वच्छता प्रवर्धन तथा प्रमाणीकरणका लागि खाद्य स्वच्छताः प्रवर्धन शिविर (फुड सेफ्टी, वुट क्याम्प) कार्यक्रम अन्तर्गत अहिलेसम्म आठौँ सृङ्खला सकिएको छ ।

स्वच्छ खानाः उत्कृष्ट व्यापार (सेफर फुड: वेटर विजनेस) सोच राखेर थालिएको तालिममा खाद्य सेवामा अत्याधिक उपयोग हुने खानेकुरासँग सम्बन्धित क्षेत्रलाई छान्ने गरिएको छ । तालिमको पहिलो संस्करणमा साना तथा मध्यम भोजनालयका ३ सय जना सञ्चालकलाई तालिम दिइएको थियो । 

दोस्रो संस्करणमा २०८१ को दशैँ लक्षित खानेकुरामध्ये मासुजन्य खाद्य बस्तुका उत्पादक तथा विक्रेता ३२१ जना व्यवसायीलाई तालिम दिइयो । दशैँ लगत्तै आउने तिहारमा धेरै खपत हुने मिठाईजन्य खाद्यबस्तुको स्वच्छताका लागि तेस्रो संस्करणमा तालिम दिइएको थियो । यसमा १६२ जना सहभागी हुनुभएको थियो । चौथो संस्करणमा होटल, क्याटरिङ् र व्याङ्क्वेट सेवाका व्यवसायीका लागि तालिम आयोजना गरिएको थियो । तालिममा ३६६ जना व्यवसायी सहभागी भएका थिए। 

पाँचौँ संस्करणमा मौलिक तथा रैथाने खानाका उत्पादक र विक्रेतालाई सहभागी गराइएको थियो । यसमा ५०५ जना सहभागी भएका थिए। छैटौँमा मिठाइजन्य खाद्य सेवाका १०५ जना, सातौमा दूध तथा दूग्ध पदार्थ उत्पादक ६० जनालाई तालिम प्रदान गरियो । आठौँ संस्करणमा मःमः पसल सञ्चालक तथा व्यावसायीलाई तालिम प्रदान गरिएको थियो।

यसमा २५० जना व्यावसायी सहभागी भएका थिए। शुक्रबार दरबार हाइस्कूलमा आयोजना भएको आठौँ संस्करणको क्षमता विकास कार्यक्रमको अवलोकनका क्रममा महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले, सहरको खाद्य सेवालाई महसुस योग्य बनाउन एक साथ काम गर्न व्यवसायीलाई आग्रह गरिन्। त्यस क्रममा व्यवसायीहरुले भेटेका मौकामा हाम्रा कुरा सुन्नुपर्छ भन्दै साना व्यापारिक क्रियाकलाप सहज बनाउन लागि नीति खुकुलो बनाइदिन, खानेपानीको नियमित वितरण प्रणाली मिलाइ दिन आग्रह गरे। 
 

प्रकाशित मिति: बिहीबार, माघ १, २०८२  २१:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update