Odapalika - The Fourth Estate - चौथो अंग
खिजीदेम्बा गाउँपालिकामा लोकसेवाको कक्षा, आवास सुविधा चाहिनेले माघ ६ भित्र सम्पर्क गर्न आह्वान 

ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले लोकसेवा तयारीको पुनर्ताजगी कक्षामा सहभागी हुन छनौट भएका उम्मेदवारलाई माघ ६ गतेभित्र सम्पर्क गर्न भनिएको छ । 

चालु आर्थिक वर्षको स्वीकृत वार्षिक कार्यक्रम अनुसार निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्न खिजीदेम्बा गाउँपालिकाले गत मंसिर १४ र पुस ७ गते सूचना प्रकाशन गरेको थियो । गत आर्थिक वर्ष पनि लोकसेवाको तयारी कक्षा लिइसकेको हुँदा छनौट भएका उम्मेदवारलाई पुनर्ताजगी कक्षा सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत गौरवराज जोशीले जानकारी दिए । 

उनका अनुसार एक महिना पुनर्ताजगी कक्षा सञ्चालनपछि मात्र बाँकी कक्षामा समावेश गरिनेछ । 

पुनर्ताजगी कक्षाका लागि छनौट भएका उम्मेदवारहरुलाई आवास सुविधा गाउँपालिकाले निःशुल्क उपलब्ध गराउने हुँदा आवास सुविधा लिन चाहाने उम्मेदवारहरुले आउँदो माघ ६ गतेभित्र कार्यालयमा निवेदन दिन आह्वान गरिएको छ । 

WhatsApp-Image-2025-01-09-at-00.13.54-1736416341.jpeg
 

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update