काठमाडौँ महानगरले दमकल नजाने गल्लीमा राख्यो फायर फाइटिङ पाइपलाइन
                        
                        
                                                
                                             
                                                                    काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दमक नछिर्न नसक्ने साघुँरा गल्लीमा फायर फाइटिङ पाइपलाइन (ड्राइ राइजर) जोड्न कार्यलाई निरन्तरता दिएको छ ।
सोमबार काठमाडौँ महानगरले महानगरपालिका–७ मा फायर फाइटिङ पाइपलाइनको सफल परीक्षण गरेको महानगरले यसअघि वडा नं. १२, ३, ६, १५ मा राखिसकेको छ ।
काठमाडौं महानगरपालिकाले विपद् व्यवस्था विभागअन्तर्गतको बजेटहरूबाट फायर फाइटिङ पाइपलाइन जडान गरेको हो ।
‘विभिन्न वडाहरूमा जहाँ दमकल जान सक्दैन । जसले आगलागी हुँदाखेरी आगो निभाउका निम्ती पानीको अत्यन्त आवश्यक हुन्छ । पानी निकाल्नको निम्ति ड्राइ राइजरको सहयताले पानि छिराउने गर्छौँ,’ महानगर प्रहरी इन्सपेक्टर ध्रुवकुमार भुजेलले बताए ।
प्रकाशित मिति: सोमबार, पुस २९, २०८१  १३:५१
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
                
            



 
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    