
काठमाडौँ । रौतहटको वौधिमाइ नगरपालिकाका मेयर प्रदीप यादवले आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध जिल्ला अदालतमा अवहेलना मुद्धा दायर गरेका छन् ।
साहले आफ्नो फेसबुकमा ‘रौतहट जिल्ला अदालतका नेताका झोले न्यायाधीश’ भनेर जिल्ला न्यायाधीशमाथि आरोप लगाएका थिए । यसबाट अदालतको अवहेलना भएको र न्यायाधीशको अपमान गरेको भन्दै मेयर यादवले मुद्दा दर्ता गरेका हुन् ।
पछिल्ला दिन सांसद साह र मेयर यादवबीच विवादे छ । मेयर यादवमाथि आक्रमण तथा अभद्र व्यवहार गरेको आरोपमा साहका कार्यकर्ता गंगाराम बैठालाई पुर्पक्षका लागि थुना पठाउन न्यायधाीशले आदेश दिएका थिए ।
रौतहट जिल्ला अदालतमा मनोज केसीसहित अम्बिका प्रसाद दाहाल, पुन्य प्रसाद सापकोटा, विमला रेग्मी, तिलक कार्की, शम्भु प्रसाद रेग्मी र दुर्गा प्रसाद भट्टराई न्यायाधीश छन् ।