
काठमाडौँ । रौतहटको मौलापुर नगरपालिकाको आयोजनामा आगामी फागुन ११ देखि १५ गतेसम्म छैटौँ ‘मधानी महोत्सव’ हुने भएको छ ।
मौलापुरमा रहेको पुरातात्विक महत्वको स्थानीय महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न तथा स्थानीय पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको मौलापुर नगरपालिकाले जनाएको छ ।
धार्मिक, सामाजिक, सांस्कृतिक, सामाजिक, व्यापारिक क्षेत्रको प्रवद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले महोत्सव आयोजना गर्न लागेको नगरपालिका प्रमुख रीनाकुमारी साहले बताइन् ।
मेयर साहका अनुसार ११ फागुनमा उदघाटन समारोह, १२ फागुनमा शिव वारात यात्रा, १३ गते मधानी विशेष पुजा समारोह, १४ गते मधानी विशेष सांस्कृतिक समारोह र १५ गते मधानी विशेष दंगल कार्यक्रम रहेको छ ।
‘यो मन्दिर नेपाल सरकारको १०० वटा प्रमुख पर्यटकीय गन्तव्यमा समावेस भईसकेको छ । हजारौं बर्ष पुरानो प्राचिन ईतिहास बोकेको पुरातात्विक महादेव मन्दिरको अनौठो किसिमको महिमा र विशेषता छ । यहाँ गरिने भगवान शिवको पुजा अनुष्ठान पनि विश्वकै एक पृथक एवं मौलिक शैलिको रहेको छ,’ मेयर साहले भनिन्, ‘यस धर्तिमा लोक एवं मौलिक शैलिमा गरिने भगवान शिव पार्वतिको वैवाहिक उत्सवको रुपमा मनाइने धार्मिक अनुष्ठान मधानी हो । जसलाई यस धर्ति र क्षेत्रको विशेष अनुपम शिव अनुष्ठानको रुपमा लिईन्छ ।’
मधानी महायज्ञ आम जनता पार्टी (आजपा)का अध्यक्ष, संघीय सांसद तथा पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा हुने आयोजकले जनाएको छ । यस अघि महायज्ञमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी देखी लिएर पशुपतिनाथका मुल भट्ट पुजारीद्धारा बिधिपुर्वक पुजा आराधना भएको थियो । प्रत्येक बर्ष बिभिन्न बिशिष्ट व्यक्तित्वको सहभागिता हुदै आएको छ ।
महोत्सवका अवसरमा स्वदेश तथा भारतका चर्चित कलाकारको सहभागितामा मधानी विशेष नाचसहित सांस्कृतिक समारोह, खेलकुदलगायतका गतिविधि सञ्चालन हुने महानगरपालिकाले जनाएको छ । मधानी महोत्सव आयोजना गर्न यस वर्ष नगरपालिकाले ८७ लाख रुपैयाँ विनियोजन गरेको प्रमुख कार्यकारी अधिकृत रामबाबु साहले जानकारी दिए ।
नगर प्रमुख साहले ऐतिहासिक एवं पुरातात्विक महत्त्वको मौलापुरस्थित महादेव मन्दिर नेपाल सरकारको १०० प्रमुख गन्तव्यभित्र पर्ने भएकाले विश्वसम्पदा सूचीमा सूचीकृत गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण पनि गराएका छन् ।