Odapalika - The Fourth Estate - चौथो अंग
‘केपी ओलीको छोरी’ युवन्तिकाको नागरिकता झुटो, अदालतले सुनायो यस्तो फैसला  

काठमाडौँ । आफुलाई प्रधानमन्त्री केपी ओलीकी छोरी र संविधानसभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङको भान्जी दाबी गर्दै ठगीमा सक्रिय युवन्तिका राईले झुटो विवरण दिएर नागरिकता लिएको ठहर भएको छ । 

नेकपा एमाले इलाम जिल्ला कमिटी सदस्य तथा युवा संघ केन्द्रीय सदस्यसमेत रहेकी राईले एमाले अध्यक्षदेखि संविधानसभा अध्यक्ष हुँदै विभिन्न व्यवसायीसम्मलाई ठगी गर्दै आएको विषयमा वडापालिकाले निरन्तर समाचार लेख्दै आएको थियो । 

उनले झुटो विवरण दिएर नागरिकता बनाएकोसहितका बदमासीका विषयमा वडापालिकाले यसअघि राज्य संयन्त्रलाई यसरी ढाँटिरहेकी छिन् केपी ओलीकी ‘छोरी’ र सुवास नेम्वाङकी ‘भान्जी’ युवन्तिका शीर्षकमा पहिलो समाचार तयार पारेको थियो । 

चितवन जिल्ला अदालतका न्यायाधीश केदारनाथ पौडेलको इजलासले मंगलवार (आज) युवन्तिका तामाङ भनिने युवन्तिका राईले झुटो विवरण दिएर नागरिकता बनाएको ठहर गरको हो । 

सुर्योदय नगरपालिका इलाम घर भएकी युवन्तिकाले चितवनका किशोर तामाङ भन्ने व्यक्तिलाई दाजु बनाएर उनका बाबु छविलाल तामाङलाई बाबु कायम गरी लिएको नागरिकता झुटो भएको अदालतले फैसला गरेको हो । 

अदालतले उनले लिएको नागरिकता झुटो भएको ठहर गर्दै झुटो नागरिकता दिएकोमा सजाय निर्धारण गर्नका लागि अर्को पेशी तोक्न आदेश दिएको छ । 

झुटो नागरिकता लिएको अभियोगमा चितवन जिल्ला अदालतमा मुद्दा परेपछि युवन्तिका १० फागुन, २०७९ मा धरौटी बुझाएर छुटेकी थिइन् । सो मुद्दामा अन्तिम फैसला गर्दै अदालतले उनले लिएको नागरिकता झुटो भएको ठहर गरेको हो ।  

सम्बन्धित समाचार 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १६:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update