Odapalika - The Fourth Estate - चौथो अंग
चुरे गाउँपालिकाका कृषकलाई अनुदानमा मिनी टिलर 

काठमाडौँ । कैलालीको चुरे गाउँपालिका वडा नम्बर ४ खैरालाका किसानलाई मिनी टिलर वितरण गरिएको छ । 

जिल्लास्थित कृषि ज्ञान केन्द्रले व्यावसायिक रूपमा कृषि पेसामा आवद्ध १८ जना किसानलाई ५० प्रतिशत अनुदानमा १८ वटा मिनी टिलर हस्तान्तरण गरेको हो ।

केन्द्रका अनुसार ७० हजार रुपैयाँ हजार मूल्य पर्ने मिनी टिलरको ३५ हजार रुपैयाँ अनुदानमा किसानलाई उपलब्ध गराइएको हो । मागमा आधारित कार्यक्रममार्फत किसानलाई मिनी टिलर वितरण गरिएको कार्यालयले जनाएको छ ।  

चुरेलाई व्यावसायिक अदुवा, बेसार, सुन्तला, मौसमी, अमिलो तथा केराखेतीका लागि उर्बर भूमिका रूपमा लिने गरिएको बताउँदै केन्द्रका सूचना अधिकारी दुर्गा ओझाले किसानका उत्पादन वृद्धि हुने बताइन् । 

उनका अनुसार जोत्न प्रयोग गरिने गोरु पाल्न छाडेपछि खेतीपातीमा समस्या हुँदा खेतबारी बाँझै हुन नदिन र किसानलाई खेतीपातीमा उत्साहित गर्न केन्द्रले पालिकासँगको समन्वयमा अनुदानमार्फत मिनी टिलर वितरण गरेको हो । चुरे गाउँपालिका अदुवा, सुन्तला, कृषि, पशुपालनको पकेट क्षेत्रका रूपमा परिचित छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १६:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update