
ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकाले स्थानइि महालक्ष्मी जात्रा मनाउन आज पाकिलाभर सार्वजनिक बिदा दिएको छ ।
मेयर हरिगोविन्द श्रेष्ठले हस्ताक्षर गरेर जारी गरेको सूचना अनुसार आज नगरपालिकामा जात्राको मुख्य दिन भएकाले बिदा दिइएको हो ।
लुभुको जात्राका रुपमा परिचित यो जात्रा अक्षय तृतीयको भोलिपल्टबाट ८ दिनसम्म मनाइन्छ । हरेक दिन साँझदेखि मध्यरात सम्म लुभुको महालक्ष्मी मन्दिर र आसपासका गाउँमा २ वटा खटलाई जुधाएर रमाइलो गर्ने र टोल घुमाउने परम्परा छ । आज स्थानीयले सरकारी जात्राका रुपमा मनाउने गर्छन् ।
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२ ०९:५९
प्रतिक्रिया दिनुहोस्