
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्रका संस्थागत विद्यालयहरुले विद्यालय परिसरमा नेपाली बोल्ने विद्यार्र्थीमाथि कारवाही गर्ने गरेको भन्दै त्यसो नगर्न भनेको छ ।
महानगरले आज एउटा सूचना नै जारी गरेर विद्यालय परिसरमा नेपाली भाषामा बोल्दा विद्यालयले कारवाही गरेको उजुरी परेको भन्दै आइन्दा यसो नगर्न सचेत गराएको हो ।
काठमाडौँका निजी विद्यालयहरुले अंग्रेजी माध्यमको विद्यालयको हवाला दिदै विद्यार्थीलाई सवै कृयाकलापमा अंग्रेजी भाषालाई अनिवार्य गराउँदै आएका छन् ।
महानगरले अंग्रेजी विषयको पठनपाठनभन्दा बाहेकका अवस्थामा अंग्रेजी भायषा अनिवार्य नगर्न भनेको हो ।
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२ १५:२१
प्रतिक्रिया दिनुहोस्