
काठमाडौँ । भोजपुरको पौवादुङमा गाउँपालिकामा पहिलोपटक ‘वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवद्र्धन’ कार्यक्रम सुरु भएको छ ।
कोशी प्रदेश सरकार, पौवादुङमा गाउँपालिका र दायित्व नामक संस्थाको लागत साझेदारीमा कार्यक्रम सुरु भएको हो ।
संस्थाका कोशी प्रदेश संयोजक भविन विश्वकर्माका अनुसार गाउँपालिकाभित्रका ४० जना उद्यमीलाई छनोट गरिएको छ । छनोटमा परेकालाई उद्यमशीलतासम्बन्धी तीनदिने प्रशिक्षण पनि प्रदान गरिएको छ । छनोटमा परेका १० जना व्यवसायीलाई नवप्रवद्र्धन गर्न १ लाख रुपैयााक दरले सहयोग गरिने संयोजक विश्वकर्माले बताए ।
गाउँपालिकाका व्यवसायीहरूमा उद्यमशीलताको विकासका लागि प्रस्तसत कार्यक्रमबाट मद्दत पुग्ने गाउँपालिका उपाध्यक्ष ज्योत्स्ना राई बताउँछिन् । कार्यक्रममा कोशी प्रदेश सरकारको ४० लाख, गाउँपालिकाको २० लाख र दायित्व संस्थाको १५ लाख गरी ७५ लाख रुपैयाँ खर्च गर्ने योजना छ ।
पौवादुङमा गाउँपालिकाले गाउँपालिका भित्र रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई खुर्सानीका बेर्ना सहयोग गरेको छ । १५५ घरधुरीलाई खुर्सानीको बेर्ना वितरण गरिएको पालिकाको भनाइ छ ।