Odapalika - The Fourth Estate - चौथो अंग
सुर्योदय नगरपालिकाको संयोजनमा सगरमाथा सम्वादमा टि टेस्टिङ

काठमाडौँ । इलामको सूर्योदय नगरपालिकाको संयोजनमा सगरमाथा संवादस्थल होटल सोल्टीमा इलामको ताजा चियाको प्रदर्शनी कक्ष राखिएको छ । विभिन्न उत्पादन र स्वादका चिया चाख्ने (टि टेस्टिङ)को प्रबन्ध गरिएको इलामको टि स्टेशन इन्कका अध्यक्ष प्रज्वल प्रधानले बताए ।

प्रदर्शनी कक्ष प्रति धेरै विदेशी तथा स्वदेशीहरूको आकर्षण रहेको र उनीहरुले थरिथरिका चियाका स्वाद पनि लिएको उनको भनाइ छ । 

सगरमाथा संवादमा आएका धेरैले चियाको प्रदर्शनी कक्ष भ्रमण गरेका, चियाको स्वाद लिएका र नेपाली चियाको विशेषताका बारेमा जानकारी लिएको उनको भनाइ छ । 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक जोशीले नेपालको चिया विश्वमा  प्रवद्र्धनका लागि आफूहरूले सहजीकरण गरेको जानकारी दिए ।

संवादमा सहभागी विदेशी पाहुना, प्यानलिष्टलगायतलाई इलामको अग्र्यानिक चिया उपहार पनि दिएका थिए । यसको प्रायोजनचाहिँ नेपाल पर्यटन बोर्डले गरेको थियो ।

नयाँ बर्षको दिन परराष्ट्र मन्त्रालयले सुयौदय नगरपालिकामा आयोजना गरेको रिट्रिटपछि सरकारले सगरमाथा सम्वादमा पनि चिया चाख्ने व्यवस्था गरेको हो ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  ११:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update