
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विवादित भिजिट भिषा प्रकरणमा आफ्नो संलग्नता बारे स्पष्टिकरण दिएका छन् ।
संसद भवन बानेश्वरमा विशेष पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले भिजिट भिषा प्रकरणमा आफ्नो संलग्नता नरहेको, आफ्नो विरुद्ध कतै उजुरी नभएको, छानविन नभएको भन्दै उनले आफ्ना विरुद्ध आक्रमण भइरहेको बताए ।
उनले अहिले आफू विरुद्ध राजनीतिक पूर्वाग्रह साधिएको पनि दाबी गरे ।
यस्तै, उनले भिजिट भिषा प्रकरणमा पक्राउ परेका अध्यागमन कार्यालय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका प्रमुख तिर्थ भट्टराईलाई आफूले अन्यत्रबाट सरुवा गरेर सो जिम्मेवारी नसुम्पिएको बताए ।
सहसचिव भट्टराई यसअघि नै विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी बनिसकेका र गृहमन्त्रालय अन्तरगतकै निकायमा महत्वपूर्ण जिम्मेवारीमा रहेकोले आफूले अध्यागमन लगेको भनेर पूर्वाग्रह साधेको पनि उनको भनाइ छ ।