Odapalika - The Fourth Estate - चौथो अंग
ललितपुर महानगरमा प्रति विद्यार्थी सरकारी लगानी ३३९८२ रुपैयाँ, तैपनि ८ विद्यालयले अभिभावकसँग उठाए ५ करोड 

ललितपुर । ललितपुर महानगरपालिकाभित्र ५२ वटा सामुदायिक विद्यालयका विद्यार्थीका लागि संघ र स्थानीय तहले कुस्त लगानी गरे पनि ८ वटा सरकारी विद्यालयले अभिभावकसँग अतिरिक्त शुल्क लिने गरेको पाइएको छ । 

ललितपुर महानगरभित्र ५२ वटा सामुदायिक विद्यालयमा गरी १९ हजार ७५२ जना विद्यार्थी अध्ययनरत छन् । यी विद्याथ्ीका लागि गत आर्थिक वर्षमा मात्रै तीनवटै सरकारको लगानी जोड्दा प्रति विद्यार्थी ३३ हजार ९८२ रुपैयाँ खर्च भइरहेको देखिन्छ । 

ललितपुर महानगरभित्र २५१ वटा निजी अर्थात संस्थागत विद्यालय छन् । ती विद्यालयमा गरी ७६ हजार ६३४ जना विद्यार्थी अध्ययनरत छन् । तर महालेखापरीक्षकको कार्यालयका अनुसार यी संस्थागत विद्यालयले लिने शुल्क लगायतको विषयमा महानगरले विस्तृत अनुगमन समेत गरेको छैन । 

निजीको तुलनामा सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना घट्दै गइरहेका बेला भर्ना दर बढाउने योजनासमेत महानगरसँम्ग नभएको महालेखाको भनाइ छ । 

सरकारले कक्षा १२ सम्मको आधारभूत शिक्षा पूर्णरुपमा निःशुल्क भनेको छ । निःशुल्क गर्नैका लागि संघ र स्थानीय सरकारले प्रति विद्यार्थी ३३ हजार ९८२ रुपैयाँ लगानी गरिरहेको छ । जसमा ललितपुर महानगरले मात्र ६७ करोड १३ लाख रुपैयाँ बढी लगानी गरेको छ । 

तर महानगरका ८ वटा विद्यालयले भने गत आथिृक वर्षमात्र विभिन्न नाममा ४ करोड ८० लाख ८१ हजार रुपैयाँ अभिभावकबाट असुल गरेको महालेखाको तथ्यांकले देखाउाछ । 

यसरी अभिभावकसाग चर्को शुल्क असुल गर्ने सामुदायिक विद्यालयमा पाटन हाइस्कुल, श्रमिक शान्ति मावि, प्रगति शिक्षा सदन मावि, आदर्श सौल युवक मावि, जनउदय मावि, युवा प्रतिभा मावि, श्री जलपा माध्यमिक विद्यालय र त्रिपद्म विद्याश्रम मावि छन् ।

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १२:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update