
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले नेपालका ७२ जिल्लालाई अमेरिका, चीन र भारतलाई लिजमा दिए हुने बताएका छन् ।
प्रतिनिधिसभामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगत विनियोजित बजेटमाथिको छलफलमा भाग लिदै सांसद सिंहले ५ जिल्लामा मात्रै बजेट बढी कन्द्रीत गरेले अन्य जिल्लाको विकास कसले गर्ने भन्ने आशय व्यक्त गर्न डा. सिंहले यस्तो बताएका हुन् ।
‘५ वटा जिल्ला भाग्यमानी जिल्ला हुन् । यी जिल्लामा धेरै बजेट परेको छ । यी बाहेकका ७२ जिल्लालाई अमेरिका, चीन, भारतलाई लिजमा दिए हुन्छ । होइन भने सबै जिल्लामा समान बजेट जानु पर्दैन ?’ डा. सिंहले भने ।
उनले यस्तो बताएपछि एमाले सचेतक महेश बर्ताैलाले आपत्ति जनाए । सांसद सिंहले राष्ट्रियता विरुद्ध अभिव्यक्ति दिएको भन्दै उनको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन र उनीमाथि कारवाही गर्न वर्ताैंलाले माग गरे ।
वर्ताैलाको मागपछि सभामुख देवराज घिमिरेलेले सांसद सिंहलाई सचेत गराए । सभामुख घिमिरेले सचेत गराउँदा पनि सांसद डा. सिंहले विमति राखिरहे । त्यसपछि सभामुख घिमिरेले डा. सिंहलाई निर्धारित विषयमा बोल्न वा संसदको रोष्टम छोडेर हिड्न निर्देशन दिए ।
संसद सचिवालयले डा. सिंहको अभिव्यक्ति संसदको रेकर्डबाट हटाएको छ ।