रविले सुल्झ्याए वालेनका नाममा संसदमा भएको लफडा

 

काठमाडौँ । जेठ १७ गतेदेखि संघीय संसदमा चलेको लफडा समाधान हुने सम्भावना बढेको छ । 

प्रधानमन्त्री वालेन्द्र शाह (वालेन) ले जेठ १७ गते प्रतिनिधिसभा बैठकमा नेपालले पनि भारतको जमिन मिचेको भन्ने अभिव्यक्ति दिएपछि विपक्षी दलका सांसदहरुले प्रधान आफै आएर सो अभिव्यक्ति सच्याउनु पर्ने र संसदको रेकर्डबाट प्रधानमन्त्रीको सो भनाइ हटाउनु पर्ने माग राखी संसद अवरुद्ध गरिरहेका छन् ।

लामो समयसम्म संसद अवरुद्ध भएपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने संसदको गतिरोध अन्त्य गर्न अग्रसर भएका हुन् ।

सभापति लामिछानले प्रधानमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनालले जबाफ दिने प्रस्ताव गरेका छन् । उनले प्रधानमन्त्रीको तर्फबाट भनेर स्पष्ट उल्लेख गरेर नै मन्त्री खनालले बोल्ने प्रस्ताव विपक्षी दल समक्ष राखेका हुन् ।

सभापति लामिछानेले नयाँ प्रस्ताव ल्याएपछि विपक्षी दलहरू प्रधानमन्त्रीको साटो परराष्ट्र मन्त्रीले बोल्ने कुरामा सहमत भएका छन्। 

सभापति लामिछानेको प्रस्ताव विपक्षी दलहरुले स्वीकार गरेका कारण संसदको अवरोध अन्त्य हुने देखिएको छ । यद्यपि, विपक्षी दलहरुले प्रधानमन्त्री आउन नसक्ने कारण बताएर प्रधानमन्त्रीको हस्ताक्षर भएको लिखित जबाफ जुनसुकै मन्त्रीले पढ्दा हुन्छ भन्ने अर्काे शर्त थपेका छन् ।

 

प्रकाशित मिति: बुधबार, जेठ २७, २०८३  १३:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update