Odapalika - The Fourth Estate - चौथो अंग
शिक्षण संस्थामा उत्कृष्ट नतिजा ल्याउने बहालवाला र पूर्वकर्मचारीले ५ लाख पाउने, यो सुविधा छोराछोरीलाई पनि
एआई प्रयोग गरेर बनाइएको फोटो

काठमाडौँ । सरकारले निजामती कर्मचारी कल्याणकारी कोष नियमावली संशोधन गर्न लागेको छ । २०७२ सालमा बनेको नियमावली पहिलो पटक संशोधन गर्न लागिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशान मन्त्रालयले दिएको जानकारी अनुसार कोषको सेवा सुविधालाई समयानुकुल परिमार्जन गर्नुपर्ने भएकोले नियमावली संशोधन गर्न लागिएको हो ।

कार्यविधि संशोधनको लागि मन्त्रालयले मस्यौदा तयार पारिसकेको छ । मस्यौदामा कोषबाट कर्मचारीले पाउने सेवा सुविधालाई थप गरिएको छ ।

नियमावलीको नियम ७ मा कोषबाट व्यहोरिने खर्च सम्बन्धी व्यवस्था छ । सो व्यवस्थामा २ बुँदा थप गर्दै सरकारले वहालवाला र पूर्वकर्मचारी तथा उनीहरुका सन्ततीले नेपालका शैक्षिक संस्थामा उत्कृष्ट नतिजा ल्याए कोषबाट विल बमोजिम वा बढीमा ५ लाख रुपैयाँसम्म प्रदान गरिने व्यवस्था छ ।

यस्तै, सरकारी सेवाको सिलसिलामा मृत्यू भएका कर्मचारीको परिवार तथा सन्ततीका निम्ति संचालक समितिले उचित ठहराए बमोजिम एक पटकलाई बढीमा ५ लाख रुपैयाँसम्म प्रदान गरिने भनिएको छ ।

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १६:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update