Odapalika - The Fourth Estate - चौथो अंग
विपद पूर्वतयारीमा जुट्यो काठमाडौँ महानगर, यस्ता छन् तयारी 

काठमाडौँ । काठमाडौँ महानगर प्रहरी बलले विपद व्यवस्थापनमा काम गर्दा प्रयोग गरिने सामग्री, साधन तथा उपकरणको प्रदर्शनी गरेको छ । 

सम्भावित जोखिम व्यवस्थापन गर्न साझेदार निकायको स्रोत, साधन र जनशक्तिलाई संयुक्त परिचालन गर्नुपर्ने, यसरी हुने परिालनमा समुदायका हरेक व्यक्तिको सहभागिता आवश्यकता पर्ने भएकोले यस्ता वस्तुका बारेमा जानकारी दिन जलजन्य विपद व्यवस्थापन, अग्नि नियन्त्रण, बहुतले भवनबाट मानवीय उद्धार गर्ने सामग्री, सडक सवारी दुर्घटना तथा उद्धार सामग्री, डोरीबाट गरिने उद्धार, खोज तथा उद्धारका लागि प्रयोग हुने साधन सामग्री तथा उपकरण प्रदर्शन गरिएको थियो । 

विपद व्यवस्थापनमा प्रयोग हुने हाइड्रोलिक उपकरणमा हाइड्रोलिक कटर, सानो ठाउँलाई ठुलो बनाउने स्प्रेडर, कम्बी टुल्स, ¥याम, पोर्टेवल पम्प, सर्च लाइट, ¥याफ्टिङ् बोट, अत्याधिक तापमा लगाउने व्यक्तिगत सुरक्षा पोशाक, धुँवा बाहिर फाल्ने उपकरण, स्टेचर लगायत सामग्री राखिएका थिए ।      
 

प्रकाशित मिति: बिहीबार, असार १२, २०८२  १७:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update