Odapalika - The Fourth Estate - चौथो अंग
अघि बढ्यो काठमाडौँ महानगरको बजेट, कार्यपालिका बस्दै 

काठमाडौँ । मेयर बालेन शाह र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको विवादका कारण ६ महिनादेखि बस्न नसकेको काठमाडौँ महानगरपालिकाको बैठक बस्ने भएको छ । 

मेयर शाहले शुक्रवारका लागि कार्यपालिका बैठक डाकेका छन् । अधिकृेत गुरागाइँंसँग बैठक शेयर गर्न नचाहेका शाह अन्ततः अधिकृतसहितको बैठक डाक्न तयार भएपछि अब बजेट निर्माण प्रकृया अघि वढ्ने भएको छ । 

मासिक कम्तीमा एकपटक कार्यपालिका बैठक बस्नुपर्ने व्यवस्था भएपनि काठमाडौं भ्यू टावरको नक्सा पास विवादपछि ६ महिनायता बैठक बस्न सकेको छैन । 

उपमेयर सुनिता डंगोलको निरन्तरको प्रयासपछि दुबैजना बैठकमा बस्न र बजेट ल्याउन तयार भएका हुन् । कार्यपालिकाले बजेटका लागि आवश्यक समिति बनाउने र चाँडै नगरसभा बसेर नीति तथा कार्यक्रम र बजेट ल्याउने महानगरको योजना छ । 

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  १६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update