
काठमाडौँ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाले परम्परागत घरको मौलिकता जोगाउन घरको मापदण्ड तोकिएको छ ।
गाउँपालिका अध्यक्ष लोप्साङछोम्फेल बिष्टले गाउँपालिकाभित्रका ढुङ्गा र माटोले बनेका परम्परागत घरहरूको मौलिक संस्कृति जोगाउन पालिकाले आफ्नो नीति तथा कार्यक्रममा राखेर मापदण्ड तोकिएको जानकारी दिए ।
आफूखुसी घर बनाउँदा मौलिकता मासिएकाले निश्चित मापदण्ड तोक्नु परेको उनको भनाइ छ । गाउँपालिकाले कुनै व्यक्ति वा समुदायले घर तथा भवन बनाउँदा भित्तामा सेतो र घरको छतको वोर्डर, झ्याल, ढोकाको रङ कालो हुनुपर्नेे नियम बनाएको छ । यो नियम पालना नगरिए त्यस्ता व्यक्तिलाई कारबाही गरिनेसमेत गाउँपालिकाले जनाएको छ ।
जिल्लाको पहिचान नै ढुङ्गा र माटोले निर्मित परम्परागत घरहरू हुन् । पछिल्लो समय आधुनिकताका कारण यस्ता पहिचान मासिँदै गएका कारण मापदण्ड तोक्नुपरेको अध्इष बताउँछन् ।
पालिकाले आार्थिक अवस्था कमजोर भएका गरिब तथा विपन्न वर्ग लक्षित घर निर्माण अनुदानको व्यवस्थासमेत गरेको छ । यहाँका गुम्बाको रङ रातो र पहेँलो तथा व्यक्ति र समुदायका घर सेतो र कालो हुन्छ ।
तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङसम्मका ९६ वटै गाउँबस्तीका घरको भौतिक संरचना ढुङ्गा र माटोले निर्मित छन् ।सदियाँैदेखिको घरका छतमाथि लस्करै दाउरा राख्ने प्रचलन छ ।