Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय शासन कार्यसम्पादन मूल्यांकन साउनदेखि लागू हुने, के छ नयाँ व्यवस्था ?

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय शान कार्यसम्पादन मूल्यांकन (व्यवस्थापन तथा संचालन) कार्यविधि २०८२ कार्यान्वयनमा ल्याएको छ । 

नयाँ कार्यविधि चालु आर्थिक वर्ष (साउन १ गते) देखि लागू हुने मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि २०७७, स्थानीय तह वित्तीय सुशासन जोखिम मूल्यांकन कार्यविधि २०७७ र स्थानीय आर्थिक विकास मूल्यांकन कार्यविधि २०७९ को एकीकरण तथा परिमार्जन गरी स्थानीय शासन कार्यसम्पादन मूल्र्याकन (व्यवस्थापन तथा संचालन) कार्यविधि २०८२ संचालनमा ल्याएको हो । 

नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशानमन्त्री भगवती न्यौपानेले मन्त्रीस्तरीय निर्णय गरी सो कार्यविधि संचालनमा ल्याएकी हुन् ।

नयाँ कार्यविधि संचालनमा आएपछि मन्त्रालयले सबै स्थानीय तह (जिल्ला समन्वय समिति, नगरपालिका, गाउँपालिका तथा सबै सरोकारवालाई पत्र पठाउँदै सोको जानकारी गराएको छ ।

कार्यविधिमा मूल्यांकनका ५ विषयक्षेत्र कायम गरिएको छ । यी विषयक्षेत्र मध्ये सुशासन तथा संस्थागत विकासमा ६ वटा उपक्षेत्र, सामाजिक विकास विषयक्षेत्रमा ५ वटा उपक्षेत्र, आर्थिक विकास विषयक्षेत्रमा ४ वटा उपक्षेत्र, पूर्वाधार विकास विषयक्षेत्रमा ३ वटा उपक्षेत्र र वन, वातावरण तथा विपद व्यवस्थापन विषयक्षेत्रमा २ वटा उपक्षेत्र छन् ।

मूल्यांकनका लागि मन्त्रालयले सुचना प्रविधिमा आधारित स्थानीय शासन कार्य सम्पादन मूल्यांकन प्रणाली विकास गर्ने भनिएको छ । यस्तो प्रणालीको विकास गर्दा गाउँपालिका/नगरपालिका, जिल्ला समन्वय समिति र मन्त्रालयबीच सुचना तथा तथ्यांकको स्वतः साझेदारी हुने गरी र समग्र मूल्यांकनको एकीकृत, विषयक्षेत्रगत र आवश्यकता अनुसार अन्य विषयको अलग अलग प्रतिवदेन तयार पार्न सकिने गरी गर्ने मन्त्रालयले जानकारी दिएको छ ।

यस्तो छ कार्यविधि

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १०:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update