
ललितपुर । ललितपुर महानगरपालिकाका पूर्वमेयर बुद्धिराज बज्राचार्यको निधनमा महानगरले आज शोक बिदा घोषणा गरेको छ । महानगरले सूचना प्रकाशित गरी शोक विदा दिएको हो । बज्राचार्यको साउन ३ गते शनिबार ८९ वर्षको उमेरमा निधन भएको थियो ।
विभिन्न कालखण्डमा बज्राचार्यले ललितपुर महानगरको नगर प्रमुखको जिम्मेवारीमा रहेर शहरको विकासमा योगदान पु¥याएका थिए । जारी सूचनामा भनिएको छ, ‘यस कार्यालयको साउन ४ गतेको निर्णय अनुसार महानगरपालिका र अन्तर्गतका कार्यालयहरुमा अत्यावश्यक सेवा बाहेकमा शोक विदा दिने व्यवहोरा सूचित गरिन्छ ।’ यसैगरी महानगरले उनको निधनले अपुरणीय क्षति भएको भन्दै भावपूर्ण श्रद्धाञ्जली अपर्ण गरेर समवेदना प्रकट गरेको छ ।
प्रकाशित मिति: आइतबार, साउन ४, २०८२ ११:०५
प्रतिक्रिया दिनुहोस्