
काठमाडौँ । ललितपुर महानगरपालिकाका पूर्वमेयर बुद्धीराज बज्राचार्यको निधन भएको छ । साउन ३ गते उनको निधन भएको हो ।
बज्राचार्य पूर्वमन्त्री पनि हुन् ।
पूर्वमेयर बज्राचार्यको निधनमा ललितपुर महानगरले शोक व्यक्त गरेको छ । महानगरले पूर्वमेयरको निधनमा आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । यस्तो विदा महानगरपालिका तथा मातहत कार्यालयहरुमा लागू हुनेछ । तर, ललितपुर महानगर तथा मातहत कार्यालयहरुबाट प्रवाह हुने अत्यावश्यक सेवा भने नरोकिने महानगरले जानकारी दिएको छ ।
प्रकाशित मिति: आइतबार, साउन ४, २०८२ ११:०७
प्रतिक्रिया दिनुहोस्