Odapalika - The Fourth Estate - चौथो अंग
प्रदीप पौडेललाई हर्क साम्पाङको पत्रः नगरपालिकाको जग्गा Please फिर्ता गरिदिनू

काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क  साम्पाङले संघीय सरकारको स्वास्थ्य जनसंख्या मन्त्रालयलाई ‘नगरपालिकाको जग्गा फिर्ता गरिदिन’ पत्र लेखेका छन् ।

मेयर साम्पाङले साउन ७ गते लेखेको पत्रमा धरानको छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गामा उपमहानगरपालिकाले आफै अस्पताल बनाउन चाहेको तर कुनै ‘कुलङ्गारले दलालीमा भुलेर वीपी अस्पताललाई दिइ पठाएको’ले फिर्ता गरिदिन आग्रह गरिएको छ ।

उनले सो जग्गा वीपी अस्पताललाई दिन नपाइने पनि उल्लेख गरेका छन् ।

‘धरान उपमहानरपालिकाले आफ्नै नगर अस्पताल बनाउन चाहेको छ । छाता चोकमा रहेको पुरानो अस्पतालको जग्गा कुनचाहिँ कुलङ्घारले दलालीमा भुलेर वीपी अस्पताललाई दिइ पठाएछ थाहा भएन यसरी नगरपालिकाको जग्गा लान पाइदैन । Please फिर्ता गरिदिनु होला,’ पत्रमा उल्लेख छ ।

सो पत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दिइएको छ ।

मेयर साम्पाङले सो पत्र आफैले आफ्नो सामाजिक संजाल फेसबुकबाट सार्वजनिक गरेका छन् ।

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  १८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update