Odapalika - The Fourth Estate - चौथो अंग
विमल पौडेल बने सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार

काठमाडौँ । विमल पौडेल सर्वाेच्च अदालतको मुख्य रजिष्टारमा नियुक्त भएका छन् । न्याय सेवा आयोगले उनलाई सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा नियुक्त गरेको हो।

सोमबार बिहान बसेको आयोगको बैठकले पौडेललाई मुख्य रजिष्ट्रार बनाएको हो । यसअघि उनी सर्वाेच्चकै रजिष्ट्रार पदमा कार्यरत थिए ।

५८ वर्षे उमेरहदका कारण देवेन्द्रराज ढकाल गत आइतबारदेखि अवकाशमा गएपछि मुख्य रजिष्ट्रार पद रिक्त थियो । २०७४ साल असारबाट सर्वोच्च अदालतमा मुख्यसचिव सरह मुख्य रजिष्ट्रार राख्ने अभ्यास छ ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  १३:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update