काठमाडौं । संसदीय समितिले प्रधानन्यायाधीशमा डा मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन गरेको छ ।
संसदीय सुनवाइ सिमितको बैठकले उनको नाम अनुमोदन गरेको हो । समितिले मंगलबार नै सुनुवाइ गरेको हो ।
सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदन गर्ने निर्णय गरेको हो । अब अनुमोदनपछि संसद् सचिवालयले राष्ट्रपति कार्यालयमा जानकारी पठाउँनेछ । त्यसपछि उनको औपचारिक नियुक्ति हुनेछ ।
संवैधानिक परिषद्ले न्याय परिषद्ले पठाएका ६ जनाको नाममध्ये हाल सर्वोच्च अदालतमा चौथो वरीयतामा रहेका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीश बनाउने निर्णय गरेको थियो ।
डा. शर्मा नेपालकाे ३३औं प्रधानन्यायाधीश बन्न लागेका हुन् ।
प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३ १६:१५
प्रतिक्रिया दिनुहोस्






