Odapalika - The Fourth Estate - चौथो अंग
लिपमोटर बी१० को स्रिक प्रिभ्यु कार्यक्रम काठमाडौंमा सम्पन्न

काठमाडौँ । नेपालमा लिपमोटर गाडीहरूको एक मात्र आधिकारिक आयातकर्ता साङ्ग्रिला मोटर्स प्रालिले यही १४ साउनमा उत्तरढोकास्थित आफ्नै शोरूममा लिपमोटर बी१० को स्रिक प्रिभ्यु कार्यक्रम आयोजना गर्‍यो ।

कार्यक्रममा पत्रकारहरू र अटोपारखीहरूले स्मार्ट डिजाइन, आधुनिक सुविधाहरू र सहज प्रदर्शनका कारण पहिले नै चर्चा बटुलिरहेको प्रतीक्षित इलेक्ट्रिक गाडीको पहिलो झलक पाउने अवसर पाए ।

नेपालमा पहिलोपटक भित्र्याउन लागिएको लिपमोटर बी१० ले विद्युतीय सवारीसाधनको क्षेत्रमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास गरिएको छ । ६७.१ किलोवाट आवर ब्याट्रीसहितको यो मोडेलले एकपटक चार्ज गर्दा ४६० किमिसम्मको रेञ्ज दिने कम्पनीको दाबी छ । यसमा जडान गरिएको १६० किलोवाट मोटरले पावर र स्पिडलाई सन्तुलनमा राख्छ भने युरोपेली एनसीएपीको ५–स्टार सेफ्टी रेटिङले यात्रुको सुरक्षालाई प्राथमिकता दिन्छ ।

स्रिक प्रिभ्यु कार्यक्रममा उपस्थित अतिथिहरूले गाडीको आकर्षक डिजाइन, स्मार्ट फिचरहरू र उत्कृष्ट ड्राइभिङ प्रत्यक्ष अनुभव गर्न पाए, जसले नेपाली ईभी बजारमा नयाँ स्तर स्थापना गर्ने अपेक्षा गरिएको छ । लिपमोटर बी१० को औपचारिक लन्च तथा प्राइस रिभिल आगामी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा गरिनेछ ।

यो एक्स्पो नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन ९नाइमा० को आयोजनामा २१ देखि २५ साउनसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदै छ । यद्यपि, मूल्य घोषणा उक्त कार्यक्रममा गरिने भए पनि लिपमोटर बी१० को मूल्य ६० लाखभन्दा कम हुने अनुमान गरिएको छ, जसले यसलाई आफ्नो सेग्मेन्टमा बलियो प्रतिस्पर्धी बनाउनेछ ।

साङ्ग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले भने, ‘आजको स्रिक प्रिभ्यु कार्यक्रम, यो गाडीले के दिन सक्छ भन्ने कुराको झलक मात्र हो । डिजाइन, प्रविधि र पर्फर्मेन्सका हरेक हिसाबले लिपमोटर बी१० साँच्चिकै पर्फेक्ट १० हो । हामी यसलाई सार्वजनिक रूपमा नाइमा एक्स्पोमा प्रस्तुत गर्न उत्साहित छौँ र यसले नेपाली ग्राहकको ईभीप्रति सोचाइ नै परिवर्तन गर्नेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।

गोल्छा अर्गनाइजेसनअन्तर्गतको साङ्ग्रिला मोटर्सले सधैँ नवीनतम, वातावरणमैत्री मोबिलिटी समाधानहरू ल्याउने आफ्नो उद्देश्यलाई निरन्तरता दिँदै आएको छ । पुजो, सिट्रन र लिपमोटरजस्ता ब्रान्डहरू समेटेको यस कम्पनीले स्मार्ट र वातावरणमैत्री गाडीको प्रयोग विस्तार गर्ने प्रतिबद्धता लिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  २२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update