
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय कोदो दिवसको शुभकामना दिएका छन् ।
सिंचाइबिना नै उत्पादन हुन सक्ने र गुणकारी खाद्यान्न कोदोको प्रवद्र्धनको गर्न सरकारले यसपालिदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवस मनाउन लागेको भन्दै प्रधानमन्त्रीले शुभकामना दिएका हुन् ।
‘कोदो हाम्रो परम्परागत खाद्यान्न बाली मात्र होइन, यसको पोषणीय महत्त्व छ। ग्लाइसेमिक इन्डेक्स कम हुने भएकाले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न, यसमा हुने फाइबरले हृदय स्वास्थ्य मजबूत बनाउन मद्दत गर्छ। सिँचाइ बिना नै उत्पादन हुन सक्ने यस्तो गुणकारी खाद्यान्नलाई प्रवर्द्धन गर्न सरकारले यस वर्षदेखि साउन १६ गतेलाई राष्ट्रिय कोदो दिवसका रूपमा मनाउने निर्णय गरेको छ। कोदो उत्पादन बढाऔं, कोदोका परिकारहरु उपभोग गरौं ! कोदो दिवसको शुभकामना !’ प्रधानमन्त्रीले सामाजिक संजाल फेसबुकमा शुभकामना दिदै लेखेका छन् ।