Odapalika - The Fourth Estate - चौथो अंग
सबैभन्दा बढी रुचाइएको इलेक्ट्रिक स्कुटर एथर रिज्टा अब नेपालमा

काठमाडौँ । एथर एनर्जीको नेपालको आधिकारिक वितरक बैद्य इनर्जी प्रालिले एथर रिज्टाको नेपालमा औपचारिक सार्वजनिक घोषणा गर्न लागेको छ । नेपालकै प्रमुख नवप्रवर्तक तथा मोबिलिटी प्रदर्शनी नाइमा एक्स्पो २०२५ मा, साउन २१ गते एथर रिज्टा पहिलो पटक सार्वजनिक गरिन लागिएको हो ।

उन्नत प्रविधि, उच्च प्रदर्शन, व्यवहारिक डिजाइन र पारिवारिक सुरक्षालाई एकैपटक समेटेर एथर रिज्टाले भारतभर शहरी मोबिलिटीको परिभाषा नै फेरिदिएको छ । नेपाली परिवारका लागि विशेष रुपले डिजाइन गरिएको रिज्टा केवल स्कुटर मात्रै नभइ आधुनिक जीवनशैलीको एक अंक समेत भएको कम्पनीको भनाइ छ ।

वैद्यज इनर्जी प्रालिका प्रमुख कार्यकारी अधिकृत सूर्यांश बैद्य नेपाली परिवारको लागि रिज्टा स्मार्ट मोबिलिटी समाधान भएको बताउँछन् ।

‘रिज्टा केवल स्कुटर होइन, यो स्मार्ट मोबिलिटी समाधान हो, जुन हाम्रो धेरैजसो जनसंख्याका लागि उपयुक्त छ । ४५० सिरिजको समपूर्ण प्रविधिलाई सरल र पहुँचयोग्य बनाउँदै ल्याएको रिज्टा मार्फत हामी नेपालमा दिगो र स्मार्ट यातायातको क्रान्तिमा नेतृत्वदायी भूमिका खेल्न चाहन्छौं, प्रमुख कार्यकारी अधिकृत वैद्यले भने ।

कम्पनीले दिएको जानकारी अनुसार रिज्टा विभिन्न भेरियन्ट र आकर्षक रंगहरुमा उपलब्ध हुनेछ । यसमा शक्तिशाली मोटर, लामो दायरा दिने व्याट्री, स्मार्ट कनेक्टिभिटी र थप स्टोरेज जस्ता विशेषताहरु हुनेछन् । यी विशेषताहरु एथरको प्रमाणित प्लेटफर्ममा आधारित हुने पनि कम्पनीले जानकारी दिएको छ ।

एथर रिज्टाको आगमनले नेपाली बजारमा एथरको उपस्थिति अझ सशक्त बनाउने र नेपाली परिवारलाई इलेक्ट्रिकमा स्वीच गर्न प्ररित गर्ने कम्पनीको विश्वास छ । 

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update