Odapalika - The Fourth Estate - चौथो अंग
कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकलाई स्काई वाक् नेपालको टिकटमा २५ प्रतिशत छुट

काठमाडौँ । कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकहरूले काठमाडौंको कमलादीस्थित स्काई वाक् नेपालको टिकटमा २५ प्रतिशत छुट पाउने भएका छन् । 

बैंक र स्काई वाक् नेपालबीच बैंकका ग्राहक र कर्मचारीलाई उक्त परिमाणमा छुट प्रदान गर्ने गरी सम्झौता भएको छ ।

उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्मा र स्काई वाक् नेपालका विभागीय प्रमुख दुष्यन्त ठाकुरले हस्ताक्षर गरेका छन् ।

बैंकका ग्राहकहरूले बैंकसँग आबद्ध रहेको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् भने बैंकका कर्मचारीहरूले परिचयपत्रका आधारमा विशेष लाभ लिन सक्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  २१:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update