Odapalika - The Fourth Estate - चौथो अंग
९ सहसचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौँ । सरकारले ९ जना सहसचिवको सरुवा गरेको छ । भदौ १३ गते बसेको मन्त्रिपरिषद बैठकले सहसचिवहरुको सरुवा गरेको हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दिएको जानकारी अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव दिवस आचार्यलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा अन्तरगत कार्यालयमा सरुवा गरिएको छ । यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय वा अन्तरगत कार्यालयमा कार्यरत निता पोख्रेल अर्याललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय वा अन्तरगत सरुवा गरिएको छ ।

मन्त्रालयका अनुसार अहिले बागमती प्रदेशको प्रदेश सचिव पदमा कार्यरत पार्वती शर्मालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ल्याइएको छ । वेदप्रसाद खरेललाई गृह मन्त्रालयबाट सरुवा गरेर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय लगिएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १५, २०८२  १७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update