Odapalika - The Fourth Estate - चौथो अंग
न्वागी पर्वमा राक्सिराङ्ग गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा

मकवानपुर । न्वागी पर्वको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिएको छ । राक्सिराङ गाउँपालिकाले एक सूचना जारी गर्दै चेपाङ समुदायको पर्व न्वागी (छोनाम)को अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो। 

गाउँपालिकाले न्वागी पर्वको अवसरमा आउँदो भदौ २१, २२ र २३ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो। गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले चेपाङ समुदायको बाहुल्य रहेकाले राक्सिराङमा न्वागी पर्वका लागि ३ दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको बताए ।

बहुजातीय, बहु–भाषिक र बहु–सांस्कृतिक राष्ट्र नेपालको महत्त्वपूर्ण पहिचानको रूपमा रहेको अति सीमान्तकृत चेपाङ जातिको प्रकृतिपूजक पर्व न्वागीलाई सम्मान गर्दै बिदा दिइएको उनले बताए । राक्सिराङले चेपाङ समुदायको संस्कृति संरक्षण तथा प्रवर्द्धनका लागि विशेष पहल गर्दै आएको उनको भनाई छ ।

बिदाको अवधिभर गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्थाहरू बन्द रहनेछन्।

प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  ०७:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update